सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अनशनरत लक्ष्मण थारु अस्पताल भर्ना

२०७६ फाल्गुन ५, ०८:३९ खबर संवाददाता

थरुहट÷थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु अस्पताल भर्ना भएका छन्। गत १ गते देखी रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइको माग गर्दै धनगढीमा अनशनरत लक्ष्मण थारुको विगत केह दिन देखी स्वास्थ्यमा समस्या देखीएको थियो। उनलाई यस अघि स्लाईन चढाईएपनि ठिक नहुदा सोमबार अस्पताल भर्ना गरीएको हो। 

विगत ५ दिनदेखि अनशनरत उनको स्वास्थ्य अवस्था झन–झन बिग्रन थालेपछि सेति प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्कीले बताए। 

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ। 

आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन्। 
 

कमेन्ट लोड गर्नुस