सेती प्रादेशिक अस्पतालका मेसु पाण्डेलाई पुत्र शोक
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई पुत्र शोक परेको छ। पाण्डेका ज्येष्ठ सुपुत्र आर्यनको काठमाडौँमा निधन भएको हो।
काठमाडौँमा कक्षा १२ मा अध्ययन गर्दै आएका उनी मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ। तर मृत्युको कारण भने खुलेको छैन्। छोराको मृत्युको खबर सुनेपछि डाक्टर पाण्डे धनगढीबाट काठमाडौँ गएका छन्।
यसअघिको समाचारमा त्रुटीबस तस्बिर र नाममा अन्यथा पर्न गएकोमा क्षमाप्रार्थी छौँ। –सम्पादक