सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको वन मन्त्रालयमा १२ वर्षीय छोरासहित अनसन बस्न पुगे कैलालीका काले भुल

२०७६ फाल्गुन १, ०५:०६ कमल सावद

धनगढी: कैलालीको गोदावरी नगरपालिकाका काले भुल १२ वर्षीय छोरा सहित सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा अनसन बस्न पुगेका छन्। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ घर भएका भुल २०६२ सालदेखि भोगचलन गर्र्दै आएको ऐलानी जग्गाबाट आफूलाई विस्थापीत गर्न खोजेको भन्दै उनी आज मन्त्रालयमा अनसन बस्न पुगेका हुन्। 

भुल गोदावरी नगरपालिका ३ मै पर्ने मालाखेती महिला सामुदायिक वनको जग्गा खोनजोत गरी भोगचलन गर्दै आएपनि जनप्रतिनिधिको स्वार्थलमा विस्थापीत गरी अरुलाई बसाल्न थालेको आरोप लगाउने गरेका छन्। भुलले स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी  र वन मन्त्रालय सम्म गुर्हादा समेत सुनवाई नभएकाले अनसन बस्न बाध्य भएको भन्दै अनसन बसेका छन् तर मन्त्रालयले नबस्न आग्रह गरेको छ। 

वनकै उक्त ऐ्लानी जग्गामा बस्ने अन्यले पहुँच भएकै कारण विद्युत सेवा लगायतका सुविधा पाएपनि आफूलाई भने वञ्चित गरिएको आरोप भुलको छ। उनले  विद्युत मिटरका लागि वडा कार्यालयसंग सिफारिस माग्दा जनप्रतिनिधीले तीन लाख घुस मागेको तर नदिएपछि प्रतिसोध साध्न उक्त जग्गाबाट आफूलाई विस्थापीत गरेको बताएका छन्।

भुल यसअघि अहिले कक्षा ४ मा पढिरहेका छोरा सहित २०७१ सालमा पनि सोही जग्गाको विषयलाई लिएर एक वर्ष जिल्ला कारागार कैलाली बसेका थिए। यता मन्त्रालयका सचिव डाक्टर दीपक खरालले भने भुललाई अनसन नबस्न आग्रह गरेका छन्। उनले उक्त विषयमा अध्ययन गरिरहेकाले तत्कालन अनसन नबस्न आग्रह गरेका हुन्।  

 

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस