बैतडीमा विप्लवका युवा संगठन इञ्चार्ज पक्राउ
बैतडी : प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको युवा संगठनका बैतडी इञ्चार्ज लोकेन्द्र धामी पक्राउ परेका छन्।
धामीलाई १ थान पेस्तोलसहित दोगडाकेदार गाउँपालिका ६ सित्तडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।
गस्तीमा रहेको प्रहरी टोलीले धामीलाई आइतबार दिउँसो तीन बजेतिर पक्राउ गरेको हो। धामीको साथबाट चन्दा असुल गरेको रसीद र अन्य पर्चा पम्पलेटहरु पनि बरामद गरिएको प्रहरीले बताएको छ।