दार्चुलाको शैल्यशिखरमा महायज्ञ सञ्चालन हुने
दार्चुलाको शैल्यशिखरमा फागुन १ देखि १० गतेसम्म महायज्ञ सञ्चालन हुने भएको छ। शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ को जगतपुरी धाममा शिवपुराण ज्ञान महायज्ञ तथा विराट हिन्दुु सम्मेलन हुने भएको हो।
गुरुकुल विद्यापीठ निर्माणका लागि महायज्ञ सञ्चालन गर्ने शैल्य मालिकार्जुन जगतपुरी धाम तीर्थस्थल विकास समितिले जनाएको छ। गत माघ १६ गते शिलान्यास भएको गुरुकुल अध्ययनका लागि तीन तले भवन निर्माणाथ महायज्ञको सञ्चालन गर्ने तयारीमा रहेको समितिले बताएको छ। भवनको शिलान्यासका लागि स्थानीयले सहयोग गरेका थिए।
संस्कृत भाषाको अध्यापनका लागि भवन आवश्यक पर्ने भएकाले महायज्ञ सञ्चालन गर्न खोजिएको विकास समितिका अध्यक्ष पिताम्बर विष्टले बताए। तीर्थस्थल निर्माणका लागि पनि महायज्ञ सहयोगी हुने उनीहरुले बताएका छन्। महायज्ञमा तुला दान, चौरासी दान, धनधान्यान्चल गर्न सकिनेछ। सामूहिक व्रतबन्धनको पनि सुविधा रहेको कथा बाचक सत्यराज अवस्थीले बताए। फागुन १ गते बिहान कलस यात्रा हुनेछ।
दैनिक १ देखि ५ वर्षसम्म शिवपुराण संगीतमय ज्ञान महायज्ञ सञ्चालन हुनेछ। संस्कृत भाषाको अध्यापनका लागि निर्माण हुने कथा वाचक सत्यराज अवस्थीले बताए। उनले दार्चुला जिल्लामा पहिलोपटक संस्कृत भाषाको अध्ययनका लागि गुरुकुल विद्यापीठ निर्माण गर्न लागिएको बताए।