सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बेहडाबाबामा सप्ताह ज्ञान महायज्ञ हुने

२०७६ माघ २५, ०९:२७

धनगढी- कैलालीको धनगढी उप-महानगरपालिका वडा नम्बर १६ मा बेहडाबाबा गुरुकुल स्थापना सप्ताह ज्ञान महायज्ञ हुने भएको छ। बेहडाबाबामा गुरुकुल पाठशाला स्थापनाका लागि फागुन २६ देखि चैत २ सम्म महायज्ञ हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो।

महायज्ञको उपराष्टपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम तय भएको मुल आयोजक समितिका संयोजक पदम जोशीले पत्रकार सम्मेलनमा जानकारी दिए। महायज्ञको अवधिभर अ‍े प्रवचन रहने छ। भागवतमा आधारित संगितमय प्रवचन, लघुरुद्राभिशेक, चण्डीपाठ, वेद परायण, ग्रह शान्ति, अष्टचिरनाजिवी पुजनसहित जन्मोत्सव, लक्षवत्ति पुज्वोलन, शुद्ध गाइको घ्यूद्धारा लक्ष हवन लगायतका कार्यक्रम गरिने जनाइएको छ। महायज्ञमा बाजागाजा र पूर्णकलश सहित भव्य शोभायमान परिक्रमा पनि गरिने जनाइएको छ।

महायज्ञमा विभिन्न दाताहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। महायज्ञ अवधिभरी ५० हजार भक्तजनले अवलोकन गर्ने अनुमान गरिएको छ। पत्रकार सम्मेलनमा सहभागि धनगढी उप-महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बेहडाबाबा क्षेत्रलाई हेर्न लायक बनाएकाले एक पटक भएपनि पुग्न सबैलाई आग्रह गरे।

उनले मन्दिरको सुरक्षाका लागि चार करोड बराबरको बरिपरि पर्खाला निर्माणको काम भइरहेको जानकारी दिए। ‘मन्दिरबाट गंगामाता मन्दिर सम्म पुग्नका लागि छोटोबाटो निर्माण गर्ने तयारी पनि भईरहेको छ’ नगरप्रमुख वडले भने, ‘मन्दिर परिसर छेउछाउको खालि भागमा पुष्प बगैचा निर्माण गरेका छौं।’
 

कमेन्ट लोड गर्नुस