सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल विस्तारसंगै मझगाउँ र टीकापुर पनि सञ्चालन गछौँ : मन्त्री भट्टराई

२०७६ माघ २५, ०४:०८ खबर संवाददाता

धनगढी : संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले धनगढी विमानस्थल विस्तारसंगै मझगाउँ र टीकापुरलाई पनि सञ्चालनमा ल्याउँने प्रतिवद्धता व्यक्त गरेका छन्। धनगढीमा आज आयोजना गरिएको धनगढी विमनास्थल गुरु योजना प्रस्तुतीकरण कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले विस्तारसंगै बन्द अवस्थामा रहेका विमानस्थल सञ्चालनमा पनि सरकार प्रतिवद्ध रहेको बताएका हुन्।

भट्टराईले धनगढी विमानस्थलको विस्तार(स्तरोन्नती) कै लागि मन्त्रालयले २० वर्षे गुरु योजना बनाएको पनि जनाए। धनगढी विमानस्थल सुदूरपश्चिमको आर्थिक एवंम पर्यटकीय विकाससंग जोडिएकाले त्यसको स्तर बृद्धिका लागि काम गरिरहेको उनको भनाई थियो।

विमानस्थल स्तरोन्नतीका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण लगायतका प्रक्रिया छिट्टै थालिने मन्त्री भट्टराईले जानकारी दिए। यस्तै लामो समयदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ र कैलालीको टीकापुर विमानस्थल पुनः सञ्चालनका लागि पहल भईरहेको पनि मन्त्री भट्टराईको दावी थियो।

उनले दुवै विमानस्थललाई पुनः सञ्चालन गर्न प्राथमिकता दिईएको आश्वासन दिए। मझगाउँ र टीकापुरमा स्थानीय तह पनि बजेटमा साझेदारी गर्न अग्रसर देखिएको भन्दै उनले खुसी समेत व्यक्त गरे।   
 

कमेन्ट लोड गर्नुस