सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा २५ लाखको लगानीमा लिटिल एसिया रेष्टुरेन्ट सञ्चालन

२०७६ माघ २५, ०३:४१ खबर संवाददाता

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा झण्डै २५ लाखको लगानीमा लिटिल एसिया रेष्टुरेन्ट सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिकाको हसनुपर स्थित होटल डिभोटी नजिकैको चोकमा २५ लाखको लगानीमा विरेन्द्र बहादुर चन्दले रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्।

रेष्टुरेन्टको आज औपचारिक कार्यक्रमका बिच नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवंम् व्यवसायी गोपाल हमालले उद्घाटन गरे। रेष्टुरेन्टमा नास्ताका परिकार पाउनुका साथै इन्डियन तथा चाईनिज खानाका परिकार पाईने सञ्चालक बिरेन्द्रबहादुर चन्दले जानकारी दिए। 

 

कमेन्ट लोड गर्नुस