सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अलपत्र अवस्थामा फेला परेकी महिलाको उद्धारगरी दृष्टि फाउन्डेसनमा ल्याइयो

२०७६ माघ २५, ०२:०९ खबर संवाददाता

धनगढी: डडेल्धुरामा अलपत्र अवस्थामा फेला परेकी एक महिलाको उद्धार गरी कैलाली ल्याइएको छ। बुधबार जिल्लाको अजयम चमडा बजारबाट उद्धार गरिएकी अन्दाजी २२–२३ वर्षकी ती महिलालाई शुक्रबार धनगढीमा रहेको दृष्टि फाउन्डेसनमा ल्याइएको फाउन्डेसनकी संचालक कल्पना भट्टले बताइन। 

आफ्नो नाम थरसमेत बताउन नसक्ने तथा मानसिक सन्तुलन बिग्रेकी ती महिलालाई महिला मुक्ति समाजद्वारा संचालित सेफ हाउसमा राखिएको थियो। ती महिलालाई डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाले नगद १० हजार आर्थिक सहयोग गर्दा दलित महिला संघ (फेडो) डडेल्धुराले लुगा कपडा सहयोग गरेको छ।

सहयोगपछि महिलालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको रहोवरमा धनगढीस्थित दृष्टि फाउन्डेसनमा ल्याइएको छ। उनीलाई डडेल्धुराबाट धनगढी पुर्याउन महिला प्रहरी समेत पठाइएको  जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्ष दधिराम न्यौपानेले बताए। 

कमेन्ट लोड गर्नुस