सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी मुख्य बजारमै स्वागत गेट भत्किएपछि

२०७६ माघ २४, ०५:४१ खबर संवाददाता

धनगढीको मुख्य बजारमै स्वागत गेट भत्किएको छ। धनगढी स्थित ट्राफिक चौराहमा बनाईएको स्वागत गेट भत्किएको हो। स्वागत गेटमा बस ठोक्किएपछि भत्किएको प्रत्येक्षदर्शी समेत रहेका दिनेश खवरका संवाददाता आशिष मल्लले बताए।

धनगढीको कनरीमा लगाईएको महोत्सवको गेट भत्किएको हो। सो समयमा आवतजावत धेरै कमले गरिरहेका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ। प्रदेशको अस्थायी राजधानी धनगढीमा विभिन्न समयमा लाग्ने मेला महोत्सव र कार्यक्रमका बेला बनाईने स्वागत गेटले सवारी जामको समस्या मात्रै बढाएको छैन् दुर्घटनाको जोखिम पनि बढेको छ।

धनगढीमा साघुरो सडक र बढ्दै गएको सवारी चापको कारणले हुने जामको समस्या नौलो नभए पनि मानविय असावधानीको कारण र नियमकारी निकायको वेवास्ताले यो समस्या दिनप्रतिदिन बढ्दै गएको हो।

कमेन्ट लोड गर्नुस