धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालयमा तालाबन्दी
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालयमा तालाबन्दी गरिएको छ। शव दाह स्थल निर्माणको विषयलाई लिएर स्थानीयले आज वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। उपमहानगरपालिकाले वडा नम्बर ३ को वडहरामा शव दाह स्थल निर्माण गर्ने भन्दै छुट्याएको बजेट वडा नम्बर ९ मा हाल्न लागिएको भन्दै स्थानीयले तालाबन्दी गरेको वडा अध्यक्ष बलबहादुर ऐरले बताए।
उनका अनुसार उपमहानगरपालिकाले वडा नम्बर ३ मा शव दाह स्थल निर्माण गर्ने भनेर एक करोड ६० लाख विनीयोजन गर्दै ठेक्का सम्झौता गरेको छ। तर अहिले वडा नम्बर ९ मा निर्माण गर्ने भनिएपछि स्थानीय विरोधमा उत्रिएको ऐरले बताए।