मालिकाअर्जुन दार्चुला सेवा समितिद्वारा धनगढीको कपडा बैंकलाई सहयोग
मालिकाअर्जुन दार्चुला सेवा समितिले धनगढीको कपडा बैंकलाई सहयोग गरेको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई सेवा समितिले ३६ थान कपडा सहयोग गरेको हो।
बैंकले संकलन भएका कपडाहरु निशुल्क वितरण गर्दै आएको छ। बैक विहान ८ देखि १० र साझ ४ देखि ६ बजेसम्म खुल्ला रहने गरेको बंैककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्।
उनले कपडा संकलनका लागी बैंकले गाडी पठाउने गरेको उनले बताइन। ‘कपडा बैंकका गाडीहरु कपडा संकलन गर्न शनिबारका दिन विभिन्न स्थानमा पुग्ने गरेका छन्।’ उनले भनिन् ‘ईच्छुक व्यक्तिहरुले पुरानो तर लगाउन मिल्ने लुगा बैंकमा आएर दान गर्न सक्नुहुन्छु।’