घट्यो सुनको मुल्य
स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला ८०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ९०० मा झरेको छ।
आइतबार र सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला ५०० ले घटेर ७६ हजार र तेजाबी सुनको मूल्य ७५ हजार ७०० पुगेको थियो।
यस्तै चाँदीको मूल्य पनि प्रतितोला पाँचले घटेको छ। महासङ्घले चाँदीको मूल्य प्रतितोला ८७५ तोकेको छ।