कैलालीमा पाँच शिक्षक सम्मानित
२०७६ माघ २२, १०:०४
धनगढी– कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयले ५ जनालाई सम्मानित गरेको छ। बालविकास शिक्षिका शोभादेवी जोशी बिनाडी, शिक्षकहरु रोमनाथ अधिकारी, योगराज आचार्य, सन्तोष पौडेल र केदार प्रसाद शर्मालाईसम्मानित गरिएको विद्यालयले जनाएको छ।
विद्यालयको ५० औँ वार्षिकोत्सव तथा स्वर्ण महोत्सवका अवसरमा उनीहरुलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो।
कमेन्ट लोड गर्नुस