सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवक मृत्यु प्रकरण : निष्पक्ष छानविन गर्ने सहमतीपछि राजमार्ग खुल्यो

२०७६ माघ २०, ०७:३७ खबर संवाददाता

कैलालीमा लम्कीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको मोटरसाईलसंगै युवक मृत भेटिएको घटनाको निष्पक्ष छानविन गर्ने सहमती पछि राजमार्ग सुचारु भएको छ। आईतबारदेखिको निरन्तरको छलफलपछि पीडित पक्षसंग स्थानीय प्रशासनले उक्त सहमती गरेको राजमार्गको अवरोध हटेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले घटनाको निष्पक्ष छानविन गरी कानून अनुसार क्षतीपूर्ती उपलब्ध गराउने सहमती भएको हो। ईलाका प्रहरी कार्यालय लम्कीमा भएको छलफलपछि उक्त सहमती जुटेको हो।

यस्तै मृतकको काज किरिया, दाहसंस्कार लगायतका कार्यमा लम्कीचुहा नगरपालिकाले राहात उपलब्ध गराउने, पीडितले मृतकको शव परिक्षण पछि बुझ्ने र सवारी आवागमनमा रोक नलगाउने सहमती भएको प्रहरी नायब उपरिक्षक बस्नेतले दिनेश खबरलाई बताए।

शनिबार पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको से२प १८५० नम्बरको मोटरसाइकल  चालक २२ वर्षीय मायाराम चौधरी मृत भेटिएका थिए। स्थानीयले गाडीको ठक्करबाट चौधरीको मृत्यु भएको भन्दै अनुसन्धान र क्षतीपूर्तीको माग गर्दै शनिबारदेखि नै राजमार्ग अवरुद्ध पार्दै आएका थिए।

तर प्रहरीले बल प्रयोग गरी राजमार्ग सुचारु गरेको थियो। आज पनि स्थानीयले स्थानीय प्रशासन विरुद्ध नाराबाजी गर्दै राजमार्गमा अवरोध सिर्जना गरेको थिए।  प्रहरीले मोटरसाईकललाई ठक्कर दिएको आशंकामा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ। तर घटना अनुसन्धानकै क्रममा रहेकाले पूर्ण विवरण सार्वजनिक गरिएको छैन्। 
 

कमेन्ट लोड गर्नुस