सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवक मृत्यु प्रकरणः लम्कीमा फेरी तनाव, सडक अवरुद्ध

फाइल फोटो
फाइल फोटो
२०७६ माघ २०, ०१:४५ खबर संवाददाता

धनगढी: आइतबार दिनभर तनावग्रस्त बनेको कैलालीको लम्कीमा सोमबारपनि स्थानीयहरुले प्रर्दशन गरिरहेका छन्। शनिबार मोटरसाइकल दुर्घटना भएर युवकको मृत्यु भएको विषयमा लम्कीचुहा नगरपालिका तनावग्रस्त बनेको हो। 

शनिबार पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा से२प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए। स्थानीयबासीले दुर्घटना गराउने व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने मागसहित सोमबारपनि बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको लम्कीमा यातायात सेवा ठप्प पारेका छन्।

अहिले पनि त्यसै घटनालाई लिएर इलाका प्रहरी कार्यालय लम्कीमा सर्वदलिय बैठक बसिरहेकोे कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

प्रहरीले ठक्कर दिएको आशंकामा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ। तर घटना अनुसन्धानकै क्रममा रहेकाले पूर्ण विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ। युवकले चलाएको मोटरसाईकललाई एम्बुलेन्सले ठक्कर दिएको आशंका गरिएको छ।

कमेन्ट लोड गर्नुस