लुम्बिनी विकास बैँकद्वारा धनगढी र महेन्द्रनगरमा शाखा विस्तार
लुम्बिनी विकास बैँकले धनगढीमा र महेन्द्रनगरमा शाखा विस्तार गरेको छ। सुर्खेतको विरेन्द्रनगरसंगै धनगढी र महेन्द्रनगरमा पनि शाखाको उद्वघाटन गरिएको हो।
धनगढीमा नेपाल राष्ट्र बैँक धनगढीका प्रमुख निश्चल अधिकारी र लुम्बिनी विकास बैँक सञ्चालक समितिका अध्यक्ष दशरथ रिजालले शाखाको संयुक्त रुपमा उद्वघाटन गरेका थिए। गत आर्थिक वर्ष २०७५/०७६ मा ८५ करोड मुनाफा कमाएको बैँकको खुदनाफा ६२ करोड रहेको छ। आर्थिक वर्ष २०७४/७५ मा १७ दशमलव ७ प्रतिशत बोनस, २०७५/७६ मा १५ प्रतिशत नगद लाभांश तथा ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ। बैँकको पूजि दुई अर्ब ७२ करोड छ।
गत असारमा बैँकको कुलजगेडा दुई अर्ब रहेको थियो। बैँकको केन्द्रिय कार्यालय काठमाडौंमा छ।