सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा हिउँदे झरीसँगै चिसो बढ्यो

२०७६ माघ १५, ०८:५५ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा मङ्गलबारदेखि लगातर परेको हिउँदे झरीसँगै बढेको चिसोले डडेल्धुराको जनजीवन प्रभावित भएको छ। सदरमुकाम अमरगढीलगायतका क्षेत्र आउने पर्यटक प्रभावित भएका छन् भने  झरीपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको छ।

मङ्सिरयता डडेल्धुरामा चार पटक बाक्लो हिमपात भइसकेको छ। यस वर्ष हिमपातले अत्यधिक चिसो बढ्ेपछि उच्च पहाडी क्षेत्रका  खर्कबाट नै बेँसीतिर झरिसकेका छन्। मङ्सिरदेखि फागुनको अन्तिम सातासम्म यहाँका बस्तीमा बाक्लो हिमपात हुन्छ।

डडेल्धुराको उच्च पहाडी  तथा लेकाली भागमा तीन फिटसम्म हिउँ पर्छ। वर्षाका कारण सदरमुकाम खलङ्गामा चिसो बढेकाले पशुचौपायालाई चरनका लागि समस्या भएको स्थानीयवासीले बताएका छन्। मौसम यस्तै रहे रातिसम्म सदरमुकाममा हिमपात हुनसक्ने जल तथा मौसम फिल्ड कार्यालय डडेल्धुराका प्रमुख सुनारले बताए। -रासस
 

कमेन्ट लोड गर्नुस