सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ घट्यो

२०७६ माघ १५, ०२:५२

स्थानीय बजारमा आज सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनको भाउ प्रतितोला  ४०० ले घटेको छ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला  ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३०० कायम गरेको छ। मङ्गलबार सुनको मूल्य स्थिर रहेको थियो।

सोमबार र मङ्गलबार छापावाला सुन प्रतितोला ७६ हजार र तेजाबी सुन प्रतितोला  ७५ हजार ७०० मा खरिदबिक्री भएको थियो। सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी प्रतितोला १५ ले घटेर ८७० पुगेको छ।
 

कमेन्ट लोड गर्नुस