सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा शक्तिको आडमा प्रक्रिया मिचेर सडक निर्माण

२०७६ माघ १५, १२:४० कमल सावद

गत बैशाखमा कैलालीको चुरे गाउँपालिकाका सात सामुदायिक वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक निर्माणको नाममा रुख कटानी भएको भन्दै अख्तियारमा उजुरी प¥यो। चुरे गाउँपालिका वडा नम्बर ६ का प्रगतीसिल र लगनसिल सामुदायिक वनका पदाधिकारीलाई वनले मुद्दा नै चलाइएको थियो।

सडक निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङकन बिना रुख कटानी गरिएको भन्दै सामुदायिक वनका पदाधिकारी बिरुद्ध मुद्दा चलाइएको भएपनि वन क्षेत्रमा वातावरणीय प्रभाव मुल्याङकन र रुख कटानी आदेश बिना डोजर चलाउने क्रम अझै रोकिएको छैन्।

गत आर्थिक वर्षको बजेटबाट सडक निर्माण गर्दा अवैधानिक रुख कटानी गरेकोमा चालु वर्षमा समेत एउटा सडकको पनि वातावरणीय प्रभाव मूल्याङकन गरिएको छैन्। चुरे गाउँपालिकाका सव–ईन्जिनियर चन्द्रदेव भट्टले गाउँपालिका भित्रका कुनै पनि सडकको वातावरणीय प्रभाव मूल्याङकन नगरिएको बताए।

उनले भने, ‘वातावरणीय प्रभाव मूल्याङकन (ईआइए) गर्न  ढाई वर्ष बढि समय लाग्छ। जनप्रतिनिधिको समय सकिन्छ, एउटा सडकको ईआईए नगर्दै। त्यसैले पहिलेदेखि निर्माण थालिएका सडक स्तरबृद्धि गर्ने योजना चालु आर्थिक वर्षमा छन्।’

स्थानीय सतहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आधा भईसक्दा पनि काम गर्ने शैली भने फेरिएको छैन्। जनप्रतिनिधि निर्वाचित भएको ढाई वर्ष सम्म पनि स्थानीय सरकारबाट विकास निर्माणका योजना कार्यान्वयनमा पुरानै गल्ती दोहरिन थालेका हुन्।

जिल्लाका स्थानीय तहले वातावरणीय प्रभाव मूल्याङकन विना शक्तिको आडमा सडक निर्माण गर्ने क्रम रोकेका छैनन्। वातावरणीय प्रभाव मूल्याङकनको प्रक्रियामा जाँदा समय लाग्ने भन्दै गाउँपालिकाले सडकको प्रक्रिया पूरा नगरी बनाईरहेका छन्।

साविकका विकासे अड्डाहरुले निर्माण थालेका सडकको स्तर बृद्धि मात्रै गरिरहेको दावी गाउँपालिकाको छ। तर वातावरणीय प्रभाव मुल्याङकन विना निर्माण गरिएका सडकले अहिलेदेखि विकास भन्दा विनास बढाएका छन्। चुरे गाउँपालिकाका स्थानीय दिलबहादुर भाटले वातावरणीय प्रभाव मुल्याङकन बिना काम भएको तर रुखहरु कटानी नभएको बताए।

उनले भने, ‘गत वर्ष चुरे क्षेत्रमा सडक निर्माण गर्दा रुख काटिएका थिए। तर यो वर्ष त्यस्तो भएको छैन्। निर्माण व्यवसायीहरुले पनि रुख छोडेर सडक निर्माण गर्दै छन्। उनीहरुलाई पनि समस्या छ। तर केही वर्षातका कारण रुख ढलेका हुनसक्छन्।’

कैलालीको चुरे र मोहन्याल गाउँपालिकाका धेरै वडामा सडक सुविधा छैन्। गाउँपालिकाको केन्द्रसम्म भने सडकको ट्रयाक पुगेको छ। गाउँ–गाउँमा सडक पुगाउने नाममा अन्धाधुन्द रुपमा भईरहेको सडक निर्माणले भविष्यमा पार्ने क्षतीको आकलन समेत गरिएको छैन्।

तर मोहन्याल गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत जयानन्द जैशीले तीन सडकको मात्र स्तरबृद्धिको कार्यक्रम रहेको बताए। वातावरणीय प्रभाव मूल्याङकन भए÷नभएको विषयमा कुनै जानकारी नभएको उनी बताउँछन्। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस