सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजाजको नयाँ मोटरसाईकल धनगढीमा

२०७६ माघ १४, ०७:१६ खबर संवाददाता

धनगढी– बजाजको १२५ सिसिको पल्सर मोटरसाईकल धनगढीमा पनि सार्वजनिक गरिएको छ। दिनेश अटोमोटिभ्सले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै पल्सल १२५ सिसिको मोटरसाईकल बजारमा उपलब्ध भएको जानकारी दिएको हो।

नजिकिदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दे पल्सर परीवारमा नयाँ सदस्यको आगमन भएको दिनेश अटोमोटीभ्सले जनाएको छ। नयाँ पल्सर मोटरसाईकल विभिन्न आर्कषक रंगहरुमा उपलब्ध भएको जनाईएको छ।

साथै सिमित अवधिका लागि उक्त पल्लस मोटरसाईकलको २ लाख २४ हजार ९ सय मुल्य कायम गरीएको छ। दिनेश अटोमोटिभ्सका प्रवन्धक तेज बमले आज सार्वजनिक गरीएको उक्त पल्सर मोटरसाईकल सिमित समयका लागि अत्यन्तै सस्तो मूल्यमा उपलब्ध गराईरहेको बताए।

कमेन्ट लोड गर्नुस