एमसीसीको विरोधमा आठ दलले धनगढीमा संयुक्त विरोध प्रर्दशन गर्ने
धनगढी: सरकारले मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) अन्तर्गतको अनुदान सम्झौता सम्बन्धी विधेयक पास गर्न खोजेको भन्दै विभिन्न आठ दलले धनगढीमा विरोध प्रर्दशनको कार्यक्रम सार्वजनिक गरेका छन्।
अमेरिकी सरकारको सहायता कोष एमसिसिमार्फत नेपालमा आफ्नो हस्तक्षेप बढाउने कार्य राष्ट्रका लागि अनुपयुक्त भएको भन्दै ती दलले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन्।
सोमबार कैलालीको अत्तरियामा बसेको नेकपा मसाल, नेकपा(क्रान्तिकारी) माओवादी, राजमो, देजमो, नेकपा(माले), नेकपा(माओवादी केन्द्र), जनसमाजवादी पार्टी नेपाल र राष्ट्रिय जागरण परिषदको संयुक्त बैठकले आगामी माघ २४ गते धनगढीमा विरोध प्रर्दशन गरिने निर्णय गरेको छ।
कालापानी क्षेत्र भारतिय नक्सामा सार्वजनिक गरीँदा समेत सरकार मौन बसेको र राष्ट्रघाती एमसीसी विधेयक ल्याउन खोजेको भन्दै विरोधसभा गरिने नेकपा(क्रान्तिकारी) माओवादीका प्रदेश सचिव रामबहादुर महरा(चिन्तक)ले जानकारी दिए।