लायन्स क्लवद्वारा शिवपुरीको कपडा बैंकलाई सहयोग
धनगढी: लायन्स क्लव अफ धनगढी स्वीकृतीले कपडा बैंकलाई सहयोग गरेको छ। उप–महानगरपालिकाकै वडा नम्बर नम्बर ४ शिवपुरीमा रहेको कपडा बैंकलाई लायन्स क्लव अफ धनगढी स्वीकृतीले ५ सय थान कपडा सहयोग गरेको हो।
बैंक प्रत्येक दिन विहान ८ देखि १० र साँझ ४ देखि ६ बजेसम्म खुल्ला रहने गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताईन्। संकलन भएका कपडाहरु बैंकमार्फत निशुल्क वितरण गरिदै आएको छ।
प्रत्येक शनिवार धनगढीका विभिन्न स्थानबाट कपडा संकलन समेत गरिदै आईएको छ।