सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र बैतडीमा डुबेर दुई बालकको मृत्यु

२०७६ माघ १३, ०६:५० खबर संवाददाता

कैलाली: कैलाली र बैतडीमा डुबेर दुई बालकको मृत्यु भएको छ। कैलालीमा खाल्डोमा डुबेर जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ७ का पंकज चौधरीका १९ महिनाका छोरा आरम्भ चौधरीको मृत्यु भएको छ।

खेल्ने क्रममा घर नजिकै रहेको पानीको खाल्डोमा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार पानीको खाल्डोमा परेका शिशुको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो।

उता बैतडीको पुरचौडीमा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ। पुरचौडी नगरपालिका वडा नम्वर ६ मानाकोटका स्थानीय इश्वरराज पन्तकी ३ वर्षीया छोरी लक्ष्मी पन्तको नहरमा डुबेर मृत्यु भएको हो। लघुजलबिद्युत आयोजनाको नहरमा डुबेर उनको मृत्यु भएको हो।

कमेन्ट लोड गर्नुस