धनगढीमा एक लाख ४७ हजारसहित ११ जना जुवाडे पक्राउ
धनगढी: धनगढीमा एक लाख ४७ हजार पाँच सय नगद सहित ११ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका ३ विशालनगर स्थित तबोबन होटलमा जुवातास खेलिरहेको अवस्थामा ११ जना जुवाडेलाई पक्राउ गरिएको हो।
धनगढी उपमहानगरपालिका ३ का ३० बर्षीय महोमद सफिर, ३२ बर्षीय बिकास मल्ल, वडा नम्वर ७ का ४३ बर्षीय दिलन राना, ३५ बर्षीय दिपक चन्द, बझाङको केदारस्यु गाउँपालिका वडा नम्वर ९ बस्ने ४९ बर्षीय डबल बहादुर मल्ल (होटल सञ्चालक), ५३ बर्षीय जनक बहादुर मल्ल, वडा नम्वर ४ का २८ बर्षीय नरेश भट्ट, ३३ बर्षीय नरेन्द्र मल्ल, २० बर्षीय लोकेन्द्र मल्ल, बझाङको बुङगल नगरपालिका ४ बस्ने ४० बर्षीय रमेश बहादुर कार्की र वडा नम्वर २ बस्ने ५० बर्षीय धनजित धामी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।