हेल्प फर ह्याप्पीनेसकी सदस्य कुँवरको जन्मदिन दृष्टि फाउण्डेसनमा
हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिम, आपतकालीन असहाय सहयोग कोषकी सदस्य संगीता कुवँरको जन्मदिन मनाईएको छ। धनगढी स्थित दृष्टि फाउण्डेसनमा आश्रित असहाय एवंम् मनोरोगीहरुसँग कुँवरको जन्मदिन मनाईएको हो।
जन्मदिनको अवसरमा दृष्टि फाउण्डेसनलाई खाद्यान्न र दैनिक आवश्यक सामान समेत हस्तान्तरण गरिएको छ। चामल, दाल, सुजि, चिउरा, भुजा, नुन, तेल, बिस्कुट, चिनी, चियापत्ती लगायतका सामान हस्तान्तरण गरिएको हेल्प फोर ह्पाप्पीनेसले जनाएको छ। सोही अबसरमा संस्थाकी सदस्य स्वेता अग्रवालले समेत १३ थान न्यानो लुगा सहयोग गरेकी छिन्।
कार्यक्रममा हेल्प फर ह्यप्पिनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारी, इमजेन्सी मेडिकल टिम, इमर्जेन्सी भेटेरेनरी र आपतकालीन असहाय सहयोग कोषका सदस्य लगायतको उपस्थिती रहेको थियो। कार्यक्रममा कुवँरले असहायसङ्ग जन्मदिन मनाउन पाएकोमा खुशी लागेको र ह्याप्पिनेसको साथले खुसी लागेको बताइन्।
संस्थाका सदस्य सुरेश अधिकारीले असहायलाई सहयोग गरी विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा दृष्टि फाउण्डेसनकी व्यवस्थापक चन्द्रा तिरुवाले हेल्प फोर ह्याप्पीनेस टिमले निरन्तर साथ र सहयोग गरेको प्रति धन्यावाद दिँदै अगामी दिनमा पनि सहयोगको अपेक्षा गरिन्।
हेल्प फर ह्याप्पिनेस सामाजिक कार्यमा क्रियाशील युवाको समूह हो। समूहमा आवद्ध युवाले समस्यामा परेकालाई सहयोग गर्दै आएका छ। यसैगरी जन्मदिनको अवसरमा पनि असहायलाई सहयोग गर्दै आएका छ।