सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सुनपाल सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

सुनपाल सामुदायिक वनको कार्यसमिति चयनपछि/फाईल फोटो
सुनपाल सामुदायिक वनको कार्यसमिति चयनपछि/फाईल फोटो
२०७६ माघ १३, ०१:५० खबर संवाददाता

कैलालीको सुनपाल सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ७ को मा रहेको उक्त सामुदायिक वन क्षेत्रसंग जोडिएको राष्ट्रिय वनबाट सालको काठ तस्करी गरेको आरोपमा अध्यक्ष डिल्लीराज जोशी र कोषाध्यक्ष पर्शुराम चौधरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ।

काठ तस्करीको आरोपमा अध्यक्ष जोशी र कोषाध्यक्ष चौधरी सहित १० जना विरुद्ध मुद्धा चलाउने तयारी समेत रहेको छ। अहिले उनीहरु दुवै जनालाई डिभिजन वन कार्यालय धनगढी मातहतको सशस्त्र वन सुरक्षा महाशाखाको नियन्त्रणमा राखिएको छ भने बाँकीको खोजी जारी रहेको डिभिजन वन कार्यालय धनगढीले गठन गरेको छानविन समितिका अनुसन्धान अधिकृत निराजन कडालले जानकारी दिए।

छानविन समितिले सामुदायिक वनका अध्यक्ष, कोषाध्यक्ष सहितको मिलोमतोमा १० रुख अवैध रुपमा काटिएको फेला परेको छ। 
 

कमेन्ट लोड गर्नुस