सुनको भाउ तोलामा ५ सयले बढ्यो
सुनको भाउ एकै दिन तोलामा ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि तोलाको ७६ हजार तोकेको छ। हिजो आइतबार तोलाको ७५ हजार ५ सयमा कारोबार भएको थियो। छापावाल सुन प्रति दशग्राम ६५ हजार १ सय ६० अर्थात तोलाको ७६ हजार पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजार भाउँ बढ्दा स्थानीय बजारमा सुनचाँदीको भाउँमा बृद्धि आएको महासंघले जनाएको छ। यस्तै चाँदीको भाउँ पनि तोलामा ५ रुपैयाँले बढेको छ। आज चाँदीको भाउ तोलाको ९ सय पुगेको महासंघले जनाएको छ। आइतबार तोलाको ८ सय ९५ मा कारोबार भएको थियो।