धनगढीमा वडा अध्यक्ष सहित पक्राउ परेका १६ जुवाडे सार्वजनिक
धनगढीमा २२ लाख ८२ हजार नगद सहित पक्राउ परेका १६ जना जुवाडेलाई सार्वजनिक गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का तिलक अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका १६ जनालाई आज सार्वजनिक गरिएको हो।
गोदावरी नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष समेत रहेका २८ बर्षीय रबिन्द्र शाही, कञ्चनपुर भीमदत्त नगरपालिका ३ का ३४ बर्षीय धिरेन्द्र चन्द, वेलौरी नगरपालिका १ बस्ने ३४ बर्षीय भुवन कुवँर, धनगढी उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीय तिलक अधिकारी, वडा नम्वर १३ बस्ने बर्ष ३४ का रमेश खड्का, वडा नम्वर ४ बस्ने बर्ष ३५ का खेमराज भट्ट, वडा नम्वर २ बस्ने बर्ष ४१ क जनक दौल्याल, गोदावरी नगरपालिका १० बस्ने बर्ष २८ का सन्देष तामाङ, गोदावरी नगरपालिका ३ बस्ने बर्ष ३८ का मोहन खड्कालाई पक्राउ गरि प्रहरीले विज्ञप्ती मार्फत सार्वजनिक गरेको हो।
यस्तै बैतडी दशरथचन्द नगरपालिका ८ बस्ने बर्ष ३१ का अमित गुरु, बझाङ जयपृथ्बी नगरपालिका १० बस्ने बर्ष ३५ का प्रेम बहादुर सिंह, बैतडी दशरथचन्द नगरपालिका ४ बस्ने बर्ष ३० का सुर्य भट्ट, पुर्चौडी नगरपालिका ८ बस्ने बर्ष ५० का कालुसिंह धामी, धनगढी उपमहानगरपालिका ३ बस्ने बर्ष ३७ का चन्द्रमणि अधिकारी, जिल्ला दार्चुला नौगाड गाउँपालिका ४ बस्ने बर्ष ३३ का जयसिंह धामी र महाकाली नगरपालिका ४ बस्ने बर्ष ३८ का मंगल ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
उनले पक्राउ परेका १६ जनामाथि जुवा कसुर अन्तरगत कारवाही हुने बताए। उक्त ऐन अन्तरगत पहिलो पटक भए ३ महिना कैद वा ३० हजार जरिवाना, दोश्रो पटक भए एक बर्ष कैद र ५० हजार हजार जरिवाना गर्ने व्यवस्था रहेको छ।