सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालद्वारा ११ विशेषज्ञ चिकित्सक सहित विभिन्न तहका ४७ कर्मचारी माग

२०७६ माघ १२, ०७:५७ खबर संवाददाता

सुदूरपश्चिमकै रेफरल सेती प्रादेशिक अस्पतालले ११ जना विशेषज्ञ चिकित्सक सहित विभिन्न तहका ४७ कर्मचारी माग गरेका छ।

अस्पतालले आज १५ दिने सूचना जारी गर्दै नवौँ तहका ११ विशेषज्ञ चिकित्सक, २३ स्टाफ नर्स सहित विभिन्न तहका ४७ कर्मचारी माग गरेको हो। अस्पतालले तीन जना गाईनोकोलोजिष्ट चिकित्सक, छ जना मेडिकल अधिकृत र २३ जना स्टाफ नर्स माग गरेको हो।

अस्पतालको पदपूर्ती समितिको बैठक अनुसार २०७७ असार मसान्त सम्मका लागि ती पदहरुमा दरखास्त आह्वान गरिएको जनाएको छ। योग्यता पुगेका नागरिकले आजको मितिदेखि १५ दिन भित्र दरखास्त पेश गरिसक्नुपर्नेछ। 

हेर्नुस अस्पतालले माग गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीको सूची 

 

 

कमेन्ट लोड गर्नुस