सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७६ माघ १२, ०४:५६ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। प्रहरीले जिल्लाको आलिताल गाउँपालिका–५ बाहिरीसैन गुरेनीका २८ वर्षीय हुकुम ताम्राकारलाई पक्राउ गरेको हो।  

ताम्राकारले गत बिहीबार १७ वर्षीय किशोरीलाई करणी गरेर फरार रहेको भन्ने जाहेरीको आधारमा उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए।  

पक्राउ परेका ताम्राकारमाथी जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्धा दर्तागरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ। 

कमेन्ट लोड गर्नुस