सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नेकपा विप्लव निकट क्रान्तिकारीद्धारा प्रर्दशन

२०७६ माघ १२, ०३:३८ खबर संवाददाता

धनगढीमा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचार बढेको भन्दै धनगढीमा आज क्रान्तिकारीले विरोध प्रर्दशन गरिएको जनाएको छ।

प्रदर्शनमा विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता रहेपनि कुन ठाउँमा विरोध कार्यक्रम भएको हो भन्ने कुरा खुलाईएको छैन्। विरोध सभालाई  विद्यार्थी संगठनका केन्द्रीय सदस्य बबरजंग सिंह लगायका नेताले सम्बोधन गरेका थिए।

उनीहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक भ्रष्टाचार भएको भन्दै रोक्न माग गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापारीकरणका कारण जनता मारमा परेको उनीहरुको भनाई छ। केन्द्रीय सदस्य सिहले शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापारिकरणलाई राष्ट्रिय करण गर्नुपर्ने बताए। 

 

कमेन्ट लोड गर्नुस