कैलालीमा टालिएको पूर्व–पश्चिम राजमार्ग ३ महिनामै भत्कीयो
कैलालीको पूर्व–पश्चिम राजमार्गमा टालिएको सडक फेरी भत्कीन थालेको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग मर्मत गरेकोमा तीन महिनामै भत्कीन थालेको हो।
सडक फेरी भत्किन थालेपछि आवतजावतमा सास्ती भएको छ। तर सडक डिभिजन कार्यालय कञ्चनपुलाई सो बारेमा जानकारी समेत छैन्। तीन वर्षका लागि ८० किलोमिटर सडक मर्मतको ठेक्का दिएको सडक डिभिजिन कार्यालयले टालिएको ठाउँमा भत्किएपछि पुनः मर्मतका लागि निर्देशन दिने जनाएको छ। राजमार्गको कालोपत्रे भत्कीएपछि गत चैतमा मर्मतका लागि ठेक्का सम्झौता भएको थियो। आर्थिक वर्ष २०७५÷०७६ को चैतमा तीन वर्षका लागि मर्मतको ठेक्का पाएको जोशी बिल्डर्स एण्ड कम्पनीले सडक मर्मतको काम सुरु गरेको थियो।
तर गत मंसिरमा मर्मत भएको सडक तीन महिना नहुँदै फेरि भत्किएपछि समस्या भएको हो। अत्तरियाको चौकीडाँडादेखि कर्णाली चिसापनी सम्मको विभिन्न भागमा टालिएको सडकमा फेरी खाल्डा परेका हुन्। तर सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई उक्त विषयमा कुनै जानकारी छैन्। सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बमले राजमार्ग भत्कीएको विषयमा अनुगमन गर्ने बताए। उनले भने, ‘अहिले मर्मत भएको सडक फेरी भत्कीएको जानकारी छैन्। हामी अनुगमन गछौ।’
चिसो मौसम सुरु भएकाले अहिले सडक मर्मतको काम रोकिएको छ। तर सडकमा परेका खाल्डा माटोले भर्ने काम जारी छ। सडक मर्मतको ठेक्का पाएको जोशी बिल्डर्स एण्ड कम्पनीका सञ्चालक गणेश जोशीले तीन वर्षसम्म सडक मर्मतको ठेक्का पाएकाले मर्मत गर्ने बताए। उनले भने, ‘तीन वर्ष सम्म सडक मर्मत गर्न ठेक्का छ। भत्कीएको सडक फेरी मर्मत गछौँ। खाल्डा परेको ठाउँमा मर्मत गर्दै आएका छौ।’ पूर्व–पश्चिम राजमार्गको कैलाली खण्डको वनबेहडा, चौमाला, राजीपुर, बडैपुर लगायतका क्षेत्रमा मर्मत गरिएको सडकमा फरी भत्कीएपछी आवतजावतमा सास्ती भएको छ।