ग्यास्टिकले सतायो? यस्तो छ घरेलु उपचार
धेरैजसो नेपालीहरु ग्यास्टिकका रोगी छन्। खानपानमा बिशेष ध्यान नपुर्याउदा धेरैलाई ग्यास्टिकको समस्या देखा पर्ने गरेको छ। यदि हामिले कस्तो खानपानले ग्यास्टिक हुदैन भन्ने थाहा पाएमा ग्यास्टिकबाट टाढा रहन सकिन्छ। तपाइ पनि ग्यास्टिक पीडित हुनुहुन्छ भने घरेलु उपचारबाट ग्यास्टिकबाट टाढा रहन सकिन्छ। ग्यास्टिकबाट छुटकारा पाउन दुई चम्चा ताजा एलोभेरा र एक गीलास पानी लिनुहोस्। एलोभेरा जेललाई पानीमा मिसाउनुहोस्। यसरी मिसाइएको घोललाई दिनभरमा एक देखी दुई गिलास पिएमा ग्यास्टिक ठिक हुन्छ।
एलोभेरामा एन्टीइम्फ्लेमेटरी गुण हुने हुनाले यसको सेबनले पेट पोल्नबाट जोगाउछ। यसले ग्यासको समस्याबाट छुटकारा पाउन सकिन्छ। त्यस्तै ग्यास्टिकबाट बच्न लसुन पानी पिएमा पनि ठिक हुन्छ। ग्यास्टिकबाट छुटकारा पाउन ठिक समयमा खाना खाने, पेट खालि नराख्ने, चिल्लो, पिरो अमिलो धेरै नखाने, पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ। ग्यास्टिक भएर पेट फुलेमा कागती पानी पिउने गरेमा पनि राम्रो हुन्छ।