सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको साफेमार्तडी सडकखण्डमा उखु खेती गरिने

फाइल फोटो
फाइल फोटो
२०७६ माघ ६, ०९:२६ खबर संवाददाता

बाजुराको साफे मार्तडी सडकखण्ड अन्तर्गत पर्ने बाजुराको ईकडी मार्तडीसम्म उखु र केरा खेती गरिने भएको छ। सडक निर्माणका बेला छिया छिया भएर सदुयोगमा आउन नआई अहिले बाँझो अवस्थामा रहेको जमिनमा उखु र केरा खेती गरिने भएको हो।

अहिले पहिलो चरणमा पक्की भईसकेको साफे मार्तडी सडक खण्ड तलमाथिको छेउमा जमिन भएका किसानहरुले मात्र सहभागी हुन पाउने गरी कृषि ज्ञान केन्द्र बाजुराले सुचना जारी गरेको हो। एक सडक छेउ सुरक्षित हुने र अर्कोतिर हरीयाली हुने त छदै त सबैभन्दा किसानहरुलाई आर्थिक रुपमा सबल बनाउन यो कार्यक्रम ल्याईएको कृषि ज्ञान केन्द्र बाजुरा सुचना अधिकारी मिन प्रसाद जैशीले बताएका छन।

उखु खेती विस्तार कार्यक्रम अहिले साफे मार्तडी सडक खण्डमा पर्ने ११ वटा बजार क्षेत्रलाई मध्य नजर गर्दै सोही क्षेत्रका कृषकलाई समावेश गरिने अधिकारी जैशीले बताए। व्यवसायीक बन्न खोजेका तथा पढेलेखेका युवाहरुलाई घरमै स्वरोजगार बनाउन भन्दै यो कार्यक्रम ल्याईएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

यो कार्यक्रममा उखु तथा केराको अर्गानिक तथा स्थानिय विउ उत्पादन गरिरहेका कृषकले विउ विक्र गरेर तथा व्यवसायीक रुपमा उखु खेती गर्न चाहने कृषकले सहभागि हुन पाउने भएका छन्। जिल्लालाई अर्थिक र व्यवसायीक बनाउनुका साथै सडक आसपासको जमीन क्षेत्र नभासीन दिनका लागि यो अभियान संचालन गरिने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द सिजापतीले बताए।

उखु तथा केरा जस्ता नगदेवालीहरु उत्पादन गरेर सडक छेउछाउमै वेच्न सकिने भएकोले जमिनलाई सदुपयोग गरी कार्यक्रममा सहभागि हुने कृषि ज्ञान केन्द्रले सार्वजानिक सुचना मार्फत जानकारी गराएको छ। कृषि ज्ञान केन्द्र वाजुरावाट साँफे मार्तडी सडक खण्डको दाँया वाँया यस वर्ष देखि उखु खेतीको क्षेत्र विस्तार गर्ने र अर्को वर्षवाट बाजुराको पहिचान झल्किने अत्यन्तै मिठो बजुरेली मुसे केरा रोप्ने अभियान शुरु गर्ने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

अहिले रोपेको उखुलाई अर्को वर्ष देखि जुस वनाएर वेच्ने अनि वाँकि उखुलाई मालुको पातमा वेरीएको वाजुराको अर्गानिक भेली ९गुड० वनाएर वेच्ने लक्ष्य रहेको पनि जैशीले बताए। यो अभियानमा सहभागी भएर उखु र केरा रोपौं आम्दानीमा वृद्धि गरौै भन्ने नाराका साथ जिल्ला पहिलो पटक यो कार्यक्रम लागु हुन लागेको हो।

बाजुरा गरिवी र अभावको जिल्ला मात्रै हैन अवसर र सम्भावनाको जिल्ला पनि हो, जिल्लाका सबै किशानलाई सार्वजानिक सुचना मार्फत आह्वन समेत गरेका छन्। उखु खेतीलाई विस्तार गरेर स्वरोजगार बन्न चाहने ११ जना कृषकलाई उखु भित्त्राउने बेलामा मुल्याङ्कन गरी जुस उत्पादन गर्ने मेसिन प्रदान गरिने ज्ञान केन्द्र बाजुराले जनाएको छ।

बाजुरा उखु र केरा खेतीको लागि संभावना बोकेको जिल्ला भए पनि अहिलेसम्म व्यवसायीक रुपमै खेती गरिरहेका किसान भेटीएका छन्। पहिलो चरणमा बाजुरा जिल्लाको इकडी गाड देखि मार्तडीसम्मको करिब ४० किलोमिटर जमिनलाई उपयोग गर्ने कृषि प्रचार अधिकृत मिन प्रसाद जैशीले बताएका छन।

उर्वर र मलिलो जमिन क्षेत्रमा उत्पादन बस्तुको पहिचान गरि केरा र उखु खेती गर्ने गरि काम सुरु गरिएको अधिकृत जैशीको भनाई छ। जमिन पनि सुरक्षीत हुने र हरियाली पनि देखिन साथै बोट बिरुवा भएको स्थानमा पहिलोको जोखिम समेत कम हुने हुँदा बहु उपयोगको नीति लिएको कृषि ज्ञान केन्द्रका भनाई छ। स्याउ देखि, सिमीसम्म, आलु देखि कोदोसम्मको बजार जिल्ला बाहिर विस्तार गर्न सफल ज्ञान केन्द्रले फेरि नयाँ योजना अघि सारेको छ। 
५० प्रतिशत अनुदानमा विउ बितरण हुदै
कृषि ज्ञान केन्द्र बाजुराबाट बसन्ते तथा बर्षे तरकारीको बीउ बितरण सुरु गरिएको छ। तरकारी खेती गरिरहेका तथा गर्न चाहने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा तरकारी बिउ बितरण सुरु गर्न लागिएको कृषि ज्ञान केन्द्र बाजुरा सुचना अधिकारी मिनप्रसाद जैशीले बताए।

हाईबे्रड जातका टमाटर, काक्रा, सिमी, वोडी, खुर्सानी, लौका, घिरौला, जुकेनी, लहरे फर्सि, करेला, भिण्डी कृषि ज्ञान केन्द्र बाजुरावाट वितरण भईरहेको अधिकारी जैशीको भनाई छ। स्थानिय रैथाने तरकारी बालीको बिउ त्यति व्यवसायीक रुपमा नफस्टाउने कृषकहरुको भनाई छ।
 

कमेन्ट लोड गर्नुस