फागुन ८ देखि ‘डडेल्धुरा महोत्वस’ हुने
डडेल्धुरा: डडेल्धुरामा फागुन ८ गतेदेखि ‘डडेल्धुरा महोत्सव’ आयोजना हुने भएको छ। डडेल्धुरा उद्योग वाणिज्य संघले चौथो संस्करणको महोत्सव आयोजना गर्न लागेको हो।
सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगीक मेला तथा चौथो डडेल्धुरा महोत्सव फागुन ८ देखी १८ गतेसम्म १० दिन आयोजना हुने डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ।
भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले महोत्वसको आयोजना गर्न लागिएको डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले बताए।
शुक्रबार संघको हलमा सर्वपक्षीय तथा सर्वदलीय बैठकको आयोजना गरेर महोत्वसबारे जानकारी दिइएको संघका कार्यालय सचिव निरज रावलले जानकारी दिए। महोत्सवबारे भोली पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने बताइएको छ।