कैलालीमा भेटिनरी डिभिजन कार्यालय स्थापना नहुने भएपछि व्यवसायिक किसान र उद्यमी चिन्तित (भिडियो सहित)
कैलालीमा पशु अस्पताल र पशुसेवा विज्ञ केन्द्र राख्नुपर्ने माग गर्दै संघर्ष समिती गठन
मागको ७० प्रतिशतभन्दा पनि वढी पशुजन्य उत्पादन धानिरहेको कैलालीमा भेटिनरी डिभिजन कार्यालय स्थापना नहुने भएपछि व्यवसायिक किसान र उद्यमीहरु चिन्तित भएका छन । तराईको कञ्चनपुरमा एक र सात पहाडी जिल्लामध्ये ४ जिल्लामा भेटिनरी डिभिजन कार्यालय स्थापना गरिदा सवैभन्दा वढी पशुजन्य उत्पादनमा लागेका किसान र उद्यमीलाई समस्या हुने भन्दै उनीहरुले चासो व्यक्त गरेका हुन् । कैलालीमा पनि पशु अस्पताल र पशुसेवा विज्ञ केन्द्र राख्नुपर्ने माग गर्दै संघर्ष समिती समेतगठन गरिएको छ । संघर्ष समितिले कैलालीमा भेटिनरी डिभिजन कार्यालय राख्नका लागि विभिन्न दवावमुलक कार्यक्रम गर्ने जनाएको छ ।
संघीय संरचना अनुसार जिल्ला पशुसेवा कार्यालय हटेर आगामी साउनदेखि सञ्चालनमा आउन लागेको भेटिनरी डिभिजन कार्यालय स्थापना कैलालीमा स्थापना नहुने भएपछि किसान र कृषि उद्यमीहरु चिन्तित भएका हुन् । कञ्चनपुर सहित वझाङ, वाजुरा, डडेल्धुरा, वैतडीमा सरकारले डिभिजन कार्यालय स्थापना गर्दा सवैभन्दा वढी पशुजन्य व्यवसाय, लगानी र माग परिपुर्ति गरिरहेको कैलालीमा स्थापना नहुने भएपछि उनीहरु निराश भएको कैलाली उद्योग वाणिज्य संघका सदस्य तथा पोल्ट्री व्यवसायी दिनेश लम्सालले वताए ।
कैलाली जिल्लाले प्रदेश नम्वर ७ मा आवश्यक पर्ने पशुजन्य उत्पादनको ७० प्रतिशत हिस्सा ओगटिरहेको छ । यो जिल्ला दुग्धजन्य पदार्थमा आत्मनिर्भर छ । यहाँका पोल्ट्री फर्ममा एक अर्वभन्दा वढीको लगानी रहेको छ भने एक सयभन्दा वढी गाईभैसी पालन गर्ने फर्महरु रहेका छन । ७०वटा अण्डा उत्पादक फर्म, ७ वटा ह्याचरी, ५ वटा दाना उद्योग सहित एक हजार ६ सयभन्दा वढी व्यवसायिक वोईलर फर्महरु रहेका छन् । तर सवैभन्दा वढी पशुजन्य उत्पादन भएको जिल्लामा भेटिनरी डिभिजन कार्यालय नहुँदा किसान र उद्यमीलाई समस्या हुने भएकोले कैलालीमा डिभिजन कार्यालय स्थापना हुनुपर्ने नेपाल भेटिनरी एसोसिएनका प्रदेश नम्वर ७ का अध्यक्ष डाक्टर वसन्तवहादुर सिंहको भनाई छ ।
कैलालीमा पनि पशु अस्पताल र पशुसेवा विज्ञ केन्द्र राख्नुपर्ने माग गर्दै संघर्ष समिती समेत गठन गरिएको छ । संघर्ष समितिले कैलालीमा भेटिनरी डिभिजन कार्यालय राख्नका लागि विभिन्न दवावमुलक कार्यक्रम गर्ने संघर्ष समितीका संयोजक दिनेश लम्सालले जानकारी दिए ।
पशु चिकित्सक डाक्टर वसन्तवहादुर सिंह र दिनेश लम्सालको भनाई भिडियोमा हेर्नुहोस् ।