सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक दम्पतीले दुई छोरासहित त्रिशुली नदीमा हाम फाले

फाइल फोटो
फाइल फोटो
२०७६ माघ २, ०९:१७ खबर संवाददाता

एक दम्पती बिहीबार साँझ त्रिशुली नदीमा हाम फालेका छन्। ६ महिना र २ वर्षका दुई छोरासहित उनीहरुले धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट उनीहरुले त्रिशुली नदीमा हाम फालेका हुन्।

काठमाडौंको थानकोटमा बस्ने विनय लामिछाने र श्रीमतीले २ छोरासहित त्रिशुली नदीमा हाम फालेको प्रहरीले जनाको छ।

विनयको सकुशल उद्धार भएको तर श्रीमती मृत फेला परेकी छिन्।  भने दुई सन्तान बेपत्ता रहेको धादिङ प्रहरी प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए। उद्धार गरिएका विनयको उपचार भइरहेको छ। बेपत्ताको खोजी भइरहेको एसपी रेग्मीले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित गोरखाको ध्याल्चोकस्थित ससुराली पुगेर घर फर्कँदै थिए। नदीमा परिवारसहित हाम फाल्नुको कारण खुल्न नसकेको रेग्मीले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस