सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयोगले निष्पक्ष भएर काम गर्नुपर्छ: प्रदेश प्रमुख पन्त

२०७६ पुष २८, १०:०८

धनगढी: सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुशन्धान आयोगले कडा भएर निष्पक्ष रूपमा काम गर्नुपर्ने बताएका छन्। 

प्रदेश प्रमुखको कार्यालयमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयको वार्षिक प्रतिवेदन बुझ्दै उनले पछिल्ला समयमा सञ्चार माध्यममा भ्रष्टाचार बढेका खबर प्रकाशन/प्रशारण भइरहेकाले यो विषयमा आयोग गम्भीर बन्न जरुरी रहेको बताए। 

भ्रष्टाचार रोकथामका लागि आवश्यक नीति बनाउनमा पनि आयोगको भूमिका रहेकामा जोड दिँदै उनले भने, “आयोगका कतिपय कर्मचारीको विषयमा पनि कुरा उठ्ने गरेकाले यो विषयमा पनि गम्भीर हुन जरुरी छ।”

सो अवसरमा आयोगको महेन्द्रनगरस्थित कार्यालयका प्रमुख बाबुराम खतिवडाले आयोगको वार्षिक प्रतिवेदनका बारेमा संक्षिप्त रूपमा जानकारी गराएका थिए। नेपालको संविधान बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले प्रदेश प्रमुख समक्ष आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो। -रासस
 

कमेन्ट लोड गर्नुस