सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारी गाउँपालिकामा माघीमा तीन दिन बिदा

२०७६ पुष २८, ०५:१४ खबर संवाददाता

कैलाली: कैलालीको कैलारी गाउँपालिकाले माघिको अवसरमा माघ १ गतेदेखि ३ गतेसम्म बिदा दिने निर्णय गरेको छ।

थारु समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा तीन दिन विदा दिने निर्णैय भएको हो। माघी थारु समुदायको नयाँ वर्ष र सबैभन्दा ठूलो पर्व रहेकाले तीन दिन बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए।

सोमबार बसेको गाउँसभाको बैठकले माघी पर्वको लागि तीन दिन बिदा दिने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको उनले बताए। कैलारी गाउँपालिकामा झण्डै ९३ प्रशित थारु समुदायको बसोबास रहेको छ।

कमेन्ट लोड गर्नुस