सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा महिला अधिकारकर्मीमाथि प्रहरीद्धारा कुटपिट

फोटो : पत्रकार खेम भण्डारीको फेसबुकबाट
फोटो : पत्रकार खेम भण्डारीको फेसबुकबाट
२०७६ पुष २८, ०४:५५ खबर संवाददाता

कञ्चनपुरमा महिला अधिकारकर्मीमाथि प्रहरीले कुटपिट गरेको छ। निर्मला हत्या प्रकरणमा दोषीलाई कारवाहीको माग गर्दै जिल्ला अदालत अगाडी मौन धर्नामा  बसेका अधिकारकर्मी शारदा चन्द लगायतमाथि कुटपिट भएको हो। नागरिक संघर्ष समितिकी अध्यक्ष एवंम अधिकारकर्मी मीना भण्डारीले मौन धर्नामा बसेका बेला प्रहरीले धरकपड गर्दै कुटपिट गरेको बताईन्।

भण्डारीले अधिकारकर्मी चन्द सहित लक्ष्मी मल्ल र आनन्दी राना प्रहरीको कुटपिटबाट घाईते भएको दिनेश खबरलाई जानकारी दिईन्। उनका अनुसार चन्दको टाउकोमा गम्भीर चोट लागेको छ। महाकाली अस्पतालले चन्दलाई उपचारका लागि धनगढी रेफर गरेको छ।

 यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने अधिकारकर्मीमाथि धरकपडा गरिएको कुरा गलत भएको दावी गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले अधिकारकर्मीलाई जिल्ला अदालतमा नबस्न आग्रह गरिएपनि धरकपड नगरिएको दिनेश खबरलाई बताए।    
 

कमेन्ट लोड गर्नुस