सुदूरपश्चिमको प्रदेशसभा प्रविधि मैत्री बनाईएको दावी
सुदूरपश्चिम प्रदेशसभाको भौतिक संचनामा सुधार गरी प्रविधी मैत्री बनाईएको छ। प्रदेशसभाले आज धनगढीमा पत्रकार सम्मेल गर्दै भौतिक संरचनाको सुधार गर्नुका साथै प्रविधी मैत्री बनाईएको दावी गरेको हो।
सभामुख अर्जुनबहादुर थापाले सत्तारुढ दल नेकपा र प्रतिपक्षी राजपाको संसदीय दलको कार्यालय भवन निर्माण, प्रदेशसभाको प्रवेशद्धवार निर्माण, छुट्टै मिडिया सेन्टर तथा डिस्प्ले जडान, ब्लक बिछाएको, ग्रावेल गरिएको, बगैचा निर्माण र शौचालय निर्माण गरिएको बताए। प्रदेशसभाले अब प्रत्येक जिल्ला समन्वय समितिसंग भिडियो कन्फ्रेन्स मार्फत प्रत्यक्ष कुराकानी गर्न सकिने व्यवस्था पनि गरिएको सभामुख थापाले बताए। माघ ६ गतेबाट सुरु हुने पाँचौ अधिवेशनको प्रत्यक्ष प्रशारणको समेत व्यवस्था गरिएको छ।
प्रदेशसभा सदस्यका लागि पनि नयाँ प्रविधिका माईकको व्यवस्था गरिएको छ। पाँचौं अधिवेशन माघ ६ गते दिउँसो २ बजेका लागि बोलाइएको छ। सभामुख थापाले प्रदेशसभा गठन भएको दुई वर्ष पुगेको अवसरमा माघ ७ गते विशेष दिवसका रुपमा मनाइने बताए।