सुदूर नेपाललाई विश्वसँग जोड्दै

यार्सा संकलन गर्न गएका युवकको भिर बाट लडेर मृत्यु

२०७५ असार १, ०३:२७

यार्सा संकलन गर्न गएका एक युवकको भिर बाट लडेर मृत्यु भएको छ। यार्सा संकलन गर्ने क्रममा बझाङको तल्कोट गाउपालिका ६ गडीगाँउका १९ बर्षिया जनक जेठाराको मृत्यु भएको हो। साईपाल गाँउपालिका अन्तरगत पर्ने मधुङ्गा भन्ने ठाँउमा यार्सा संकलन गर्न गएका जेठाराको सोही ठाँउमा लडेर ज्यान गएको स्थानीयले बताएका छन्। २८ गते भिर बाट लडेर बेपत्ता भएका जेठारालाई खोज्दै जाँदा ३० गते मृत अवस्थामा फेला पारेका थिए।  उक्त ठाँउमा टेलीफोन नलाग्ने भएका कारण घटनाको जनाकारी ढिला भएको हो। यो संगै यार्सा संकलन गर्न गएका ३ जनाको मृत्यु भै सकेको छ। 
 

कमेन्ट लोड गर्नुस