मादक पदार्थ सेवन गरी झगडा हुँदा एक जनाको मृत्यु
मादक पदार्थ सेवन गरी आपसमा झगडा हुँदा बझाङमा एक जनाको मृत्यु भएको छ। विहीबार बेलुका छविसपाथीभेरा गाँउपालिका २ का ४० वर्षिया थुमु सार्की र प्रेमपति सार्की विच आपसमा विवाद भई झगडा हुँदा ४० बर्षिया थम्मु सार्कीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ऋषिराम कडेलले बताए। छविसपाथीभेरा गाँउपालिका २ को दय भन्ने ठाँउमा झगडा हुँदा थमु सार्कीको ज्यान गएको मृतकका आफन्तले जनाकारी गराएको प्रहरी जनाएको छ। प्रेमपतीको टाउकोमा समेत चोट लागेको जनाईएको छ। विहीबार बेलुका भएका घटना शुक्रबार विहान मात्रै थाहा भएको हो। घटनाका आरोपीत प्रेमपती सार्कीलाई प्रहरीले नियन्त्रणमा लिईसकेको प्रहरीले जनाएको छ। मृतक थमु सार्कीको शवत पोष्टमाटमका लागी जिल्ला अस्पताल ल्याईदै छ।