सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिमी नाकाबाट पनि भित्रिन थाल्यो भारतीय तरकारी

२०७६ पुष २६, ०७:२० रोशन भट्ट

गत जेठदेखि आयात रोकिएको भारतीय तरकारी पश्चिमी नाकाबाट पनि नेपाल भित्रिन थालेको छ। भारतीय तरकारी आयात पुर्ण रुपमा बन्द भएको ६ महिनापछि त्रिनगरबाट तरकारी नेपाल भित्रिन थालेको हो। अत्तरियामा रहेको विषादी परिक्षण केन्द्रबाट विषादी परिक्षण गरी तरकारी आयात हुन थालेको कैलाली भन्सार कार्यालयले जनाएको छ।

गत जेठमै भारत सरकारले प्याज निर्यातमा रोक लगाएपछि अन्य तरकारी पनि विषादी परिक्षण बिना आयात गर्न पुर्ण रुपमा रोक लगाईएको थियो। त्रिनगर नाकाबाट विहिबार देखि भारतीय तरकारी आयात  सुरु भएको कैलाली भन्सार कार्यालयका शाखा अधिकृत डिल्ली शर्माले बताए। पहिलो दिन हरियो तरकारी आयात भएको उनले जानकारी दिए।

भारतीय तरकारी आयातमा रोक लागेसंगै अधिकासं तरकारीको बजार स्थानीय उत्पादन धानिरहेको थियो। भारतिय तरकारी आयात हुन सुरु भएपछि यस क्षेत्रका किसानहरु आफ्नो उत्पादनले बजार नपाउने भन्दै चिन्तित भएका छन्। भारतीय तरकारी आयात रोकिएपछि स्थानीय उत्पादनले बजार पाएको धनगढीका स्थानीय महेन्द्र पाण्डेयले बताए।

उनले भने– ‘सुरुवातमा मूल्य आकासिएको भएपनि हाल आएर स्थानीय उत्पादनको मुल्य समेत घटेको छ।’ त्रिनगर कृषि उपज तथा हाटवजारले पनि भारतीय तरकारी विक्रि गर्न छोडेको ६ महिना जति भईसकेको छ। तर अहिले भारत वाट आलु, सिम्लामिर्च, मटर लगायतका तरकारी आयात भईरहेको कृषि उपज तथा हाटवजार व्यवस्थापन समितिका अध्यक्ष भवान सिंह चैसिरले बताए।

‘स्थानीय उत्पादनमा काउली, सिमी, मुला, भन्टा, बन्दा गोपी, पालक, मेथिको साग अहिले धनगढीका तरकारी पसलहरुमा उपलब्ध छ।’ उनले भने, ‘स्थानीय उत्पादित तरकारीको मुल्यपनि गोपी ५० रुपैँया, टमाटर ५०, हरियो खुर्सानी ५० देखि ६० पर्ने गरेको छ।’ तर प्याजको भने भारतवाट आयात रोकिएपछि धनगढीमा काठमाडौं बाट चाईनिज प्याज आयात भईरहेको उनले बताए। त्यसको मुल्य एक सय ४० देखि एक सय ५० रुपैँया पर्ने गरेको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस