सुनको भाउ तोलामा एक हजारले घट्यो
२०७६ पुष २४, ११:४८
निरन्तर बढ्दै आएको सुनको सुनको भाउ आज घटेको छ। आज तोलामा एक हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो (बुधबार) प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। अमेरिका र इरानको तनावले सुनको मूल्य उच्च मूल्यमा पुगेर पुनः ओरालो लागेको छ।
कमेन्ट लोड गर्नुस