सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एक किशोर मृत फेला

२०७६ पुष २४, ११:०१

डडेल्धुरा: डडेल्धुरामा एक किशोर मृत फेला परेका छन्। जिल्लाको अमरगढी–५ बागबजारमा बैतडीको मेलैलीका तेजबहादुर चन्दका अन्दाजी १९ वर्षीय छोरा केशवबहादुर चन्द मृत फेला परेका हुन्।

बागबजारको पुरानो सम्बन्ध होटलमा कारिगरको रुपमा कार्यरत चन्द मृत भेटिएको प्रहरीले जनाएको छ। उनी विगत ५ महिनादेखि त्यहाँ कार्यरत थिए। 

बिहीबार बिहान होटलमा दूध ल्याउने महिलाले झ्यालबाट चन्दलाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए।

अहिले मेलैलीबाट आफन्त आउन लागेकाले उनको शव कोठामै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए।  पोष्टमार्टमपछि मात्रै मृत्युकाे कारण  खुल्ने उनले बताए। 

कमेन्ट लोड गर्नुस