नेप्से आज १८ अंकले वृद्धि
पुँजी बजार मापक नेप्से दुई दिनदेखि निरन्तर उकालोको यात्रामा छ। हिजो १६।०९ अंकले बढेको नेप्से आज (सोमबार) १८।२६ अंकले उकालो लागेको छ। आज माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा बढी ३३।९८ अंकले बढ्न पुग्यो। साथै, बैंकिङ समूहको सूचक पनि २५।८६ अंकले उकालो लाग्यो। यसैगरी, जीवन बिमा कम्पनी समूहको सूचक पनि १२।१३ अंकले बढ्न पुग्यो।
नेप्से बढेर २००।६९अंकमा पुगेको छ। उक्त दिन कुल १२ समूह मध्ये ११ समूहको सूचक बढेको छ भने एक समूहको सूचक घट्न पुग्यो। उक्त दिन ट्रेडिङ कम्पनी समूहको सूचक भने १२।२० अंकले घट्न पुगेको छ। उक्त दिन अघिल्लो दिन भन्दा बढी रकमको कारोबार भएको छ।
आइतबार ७१ करोड २४ लाख २५ हजार रकम बराबरको सेयर कारोबार भएकोमा आज ८४ करोड २५ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हुन पुग्यो। उक्त दिन एनआइसी एसिया बैंकको सेयर सबैभन्दा बढी ८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
दोस्रो बढी रकमको कारोबार नेको इन्स्योरेन्सको सेयर भएको छ। उक्त इन्स्योरेन्सको ३ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। तेस्रो बढी कारोबार हुनेमा शिवम् सिमेन्टको सेयर रहेको छ। उक्त सिमेन्टको ३ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।