सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवैध भरुवा बन्दुक र मारेको रतुवा सहित एक जना पक्राउ

२०७५ जेठ ३१, १२:०६

अवैध भरुवा बन्दुक र मारेको रतुवासहित पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले बिहीबार पत्रकार सम्मेलन गरी अजयमेरु गाउँपालिका–३, गुनपालका ५२ वर्षीय राजबहादुर चन्दलाई सार्वजनिक गरेको हो। रानी वन गुनपालमा रतुवा मारी बोकेर घर लैजाँदै गरेको अवस्थामा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए। प्रहरीले चन्दबाट मरेको रतुवा, १ थान बन्दुक, एक थान खुकुरी, ६ वटा गोली र ११० ग्राम बारुद बरामद गरेको छ।

पक्राउ परेका चन्दलाई हातहतियार तथा खरखजना ऐन, २०१९ अन्तर्गत कारबाही हुने र वन्यजन्तु मारेवापत वन्यजन्तु संरक्षण ऐन, २०२९ कारवाही हुने प्रमुख प्रहरी नायब उपरीक्षक जोशीले बताए। प्रहरीले मारेको रतुवा बिहीबार नै जिल्ला वन कार्यालय, डडेल्धुरालाई हस्तान्तरण गरेको छ।
 

कमेन्ट लोड गर्नुस