धनगढीमा लागु औषधको कारोबारमा संग्लन युवतीसहित पाँच जना पक्राउ
धनगढी: धनगढीमा लागु औषध ब्राउन सुगरको कारोबारमा संलग्न भएको आशंकामा प्रहरीले एक महिलासहित पाँचजनालाई पक्राउ गरेको छ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १ को जिल्ला अदालत पछाडी लागु औषधको कारोबार भईरहेको भन्ने विशेष सूचनाका आधारमा पाँचै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका १का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुङ्गाना रहेको जानकारी दिए। बस्नेतका अनुसार उनीहरुको साथबाट तीन ग्राम तीन सय सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।
पाँचै जना विरुद्ध लागु औषधको मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।